जनकपुरधाम । एक शिक्षकको असामयिक निधन भएको शोकमा आज धनुषा जिल्लाभरका निजी विद्यालयहरु बन्द गरिएको छ ।बुधबार धनुषा बोडिङ स्कूल सबैलाका संस्थापक प्रिन्सिपल राम सेवक पण्डितको निधन भएको थियो । उनकै शोकमा आज निजी विद्यालयहरु बन्द गरिएको प्याब्सन धनुषाका अध्यक्ष विनोद कुमार यादवले जानकारी दिए ।उनले विज्ञप्ति जारी गरेर मृतक शिक्षक मण्डलप्रति समवेदना र शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनि प्रार्थना गरेका छन् ।अचानक विद्यालय बन्दको घोषणा गरेकाले पढ्न पुगिसकेका विद्यार्थीहरु विद्यालयबाट फर्केका छन् ।साभार : नेपाल प्रेस

12 comments