काठमाडौँ ।  नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने असम्भव भएको बताउनुभएको छ । आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा संयोजक बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना नभएको बताउनुभएको हो । उहाँले जसले जति नारा लगाएपनि राजतन्त्र नफर्किने बताउनुभयो । उहाँले देशमा अधुरा रहेका क्रान्तिहरु सम्पन्न गर्नका लागि सबै कम्युनिष्ट शक्तिहरू मिल्नुपर्ने बताउनुभयो । उहाँले वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीहरू एकजुट हुनुपर्ने धारणाा राख्नुभयो ।  संयोजक बास्तोलाले राजतन्त्र फर्किनका लागि नेपाल १५ औँ शताब्दीको बेलायत नभएको टिप्पणी गर्नुभयो । 

12 comments