धनुषा । धनुषामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । लक्ष्मीनियाँ गाउँपालिकामा शनिबार राति ज. १ त ५२४५ नम्बरको ट्रयाक्टरमा ज. १० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किंदा दुर्घटना भएको हो । दुर्घटनामा लक्ष्मीनियाँ गाउँपालिका–४ का मोटरसाइकल चालक ४५ वर्षीय रामएकबाल ठाकुर र मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभएको छ । गम्भीर घाइते अवस्थाका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

12 comments